काठमाडौं: गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ ।१७ जना जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।
सिफारिसमा नम्बरमा वसन्त कुवँर र दुई नम्बरमा टेकप्रसाद राई भएका छन् । अन्यमा क्रमशः अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजी बढुवामा सिफारिस भएका छन् ।
प्रतिक्रिया थप्नुहोस्