काठमाडौं : धनुषाको जनकपुरधाममा आजदेखि राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु हुँदै छ । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो ।
सम्मेलनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुनेछन् ।नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
राष्ट्रिय सम्मेलन भए पनि यस वर्ष मधेशमा क्रियाशील स्थानीय अनुसन्धानदाता र विद्यार्थीलाई केन्द्रित गरेको कार्यक्रम संयोजक अनुसन्धानदाता टीकाराम भण्डारीले बताए ।
प्रतिक्रिया थप्नुहोस्