भक्तपुर : भक्तपुरमा टिपरसंग मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।
मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए ।अर्का एक युवकको भने सनाखत हुन बाँकी छ ।
टिपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया थप्नुहोस्