काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन ९७ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले नै बढ्दै ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको कारोबार मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्