धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम  (तस्बिरहरू)

जनकपुरधामः मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । 

सो रेल बिहीबार जनकपुरधाम आइपुगेको हो  । जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए । 


सो रेलमा ६ सय तिर्थालुहरु आएका छन् भने उनीहरुलाई  साझ जानकी मन्दिर, धनुषाधाम र जनकपुरधाममा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने कार्यक्रम रहेको छ ।

धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरधामलाई पनि समेटिएको छ । चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो । रामायण सर्किट परिक्रमाका लागि दिल्लीबाट पहिलोपटक पर्यटक बोकेर विशेष रेल नेपाल आइपुगेको हो ।

आज रेलमा नेपाल आइपुगेकाको नेपाल र भारतमा गरी १८ दिनको यात्रा हुनेछ ।
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै