विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौंः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका  उक्त विधेयक दफावार छलफलका लागि सम्बधित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १२ गते आइतबार १ बजे बस्ने गरी स्थगन भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै