सिण्डिकेट,लोभ र दम्भबाट अनेसासलाई मुक्त गर्छु : सर्वज्ञ वाग्ले

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) २०२२ -२०२४ को कार्यसमितिको चयनका लागि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा साहित्यकार सर्वज्ञ वाग्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ,  वाग्लेसंग खुलामञ्चले गरेको छोटो संवाद :
 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

अमेरिकाका सबै एनआरएनएका सामाजिक अभियन्ताहरूको विशेष अग्रहमा एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटरमा चुनाव लडदा निर्विरोध भएर २०१५ -२०१७ सम्म काम गरे, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत संगठनमा सबैको प्रिय बनेर काम गरेको हॅु । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सम्पूर्ण विदेशमा बस्नुहुने नेपाली साहित्यकारमात्र नभई सयौं वर्षदेखि भुटान,बर्मा र भारत लगायत बिभिन्न देशमा बस्ने नेपाली भाषीको लागि महत्वपूर्ण मन्दिर हो, चौतारी हो र घर पनि हो ।

यो संस्थाले तिसौँ वसन्त पार गरिसके पनि अझै  धेरै साहित्यकारहरूलाई यसमा सम्बद्ध गर्न सकेको छैन । यहॅा तिक्डम गर्ने केहि छन्,केहि व्यक्ति संस्थालाई आफ्नो गोजीमा राख्न चाहने छन भने धेरैको चाहना भनेको अनेसासलाई एउटा ठूलो,पारदर्शि तथा विदेशमा बस्ने नेपालीहरूको नेपाली साहित्यको एकेडेमी बनाउने प्रयत्नमा हो र मेरो सहयोग प्रयास पनि त्यहि हो ।

मैले यो दुई वर्ष महासचिव भएर काम गर्दा पूर्वकेन्द्रिय समिति, ट्रष्टिज र केन्द्रिय कार्य समिति एवं च्याप्टरलाई मात्र नभई आजीवन सदस्य,  साहित्यकार, वरिष्ठ साहित्यकारहरूलाई जोड्ने प्रयत्न निरन्तर गरें र गरिरहें । सामाजिक तथा साहित्यिक यात्रामा मैले केही अनुभव बटुलेको छु ।

आफू बुझ्ने भएदेखि विद्वान् तथा विदुषीहरूसँग संगत गरेकाले होला मैले सॅधैसॅधै सकारात्मक सुझाव पनि पाएको छु । संस्थामा बस्ने र संस्था हॅाक्नेसॅग अनुभव ,अनुसासन,नैतिकताका साथै सबैलाई डोर्याएर हिंड्ने सामर्थ्य हुनुपर्छ १ त्यो मसॅग छ । त्यसैले वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी दिएको हॅु ।

पाईं त अनेसासको कार्यसमिति महासचिव पदमा रहेर काम गरिसकेको व्यक्ति अनेसासबाट अपेक्षाकृत काम भएका छन् कि छैनन् ?

हजुर हो पक्कै पनि यो संस्था पुरानो भएको अवस्थालाई हेर्दा यसले सम्पूर्ण साहित्यकारलाई समेटन सकेको छैन । यहॅा केहि सिण्डिकेट पनि भत्काउनु छ । यहॅा यस पटक हॅामी आएपछि हिसाव पारदर्शि किसिमले राख्यौ !

ट्रष्टिज र केन्द्रिय कार्य समितिका विवादका वारेमा बाहिर गएका संस्थाका बारेका केहि गलत मेसेज र केहि राम्रा मेसेज मेटाउने प्रयत्न गरेर सामूहिक छलफल जुमका माध्यवाट म महासचिव भएर निरन्तर प्रत्येक हप्ता कहिले ४ वजे बिहान त कहिले ५ वजे बिहानै उठेर २ वर्ष सम्म मैले मेरै साधन मेरै स्रोतले निरन्तर गरें । यो अनेसासको पहिलो जुम क्रान्ति हो । यसले संस्थालाई संसारमा पुर्याउने मेरो प्रयत्नले अनेसासको साख बढेको छ ।

तपाईंलाई वरिष्ठ उपाध्यक्षमा किन जिताउने ?

 मैले अहिले अनेसासले भवन खरिद गर्ने विषयमा पनि १५०० डलर दिने घोषणा गरेको छु । मैले सामान्य काम गरेर पनि यसरि धेरै ठाउॅमा चन्दा दिने दुस्ख परेका समस्या परेकालाई सहयोग गर्ने धेरै गरेको छु । यानेकि नेपालमा महा भुकम्प आउॅदा म भर्खर मिडियाकोअर्डिनेटर भएको थिएं र हामीले अमेरिकामा फण्डरेजिंग गर्दा यहॅाहरूलाई थाहा छ संसारवाट भुईंचालो जॅादा सबै भन्दा बढी अमेरिकावाट पैसा गएको हो ! त्यसैले म धेरै भन्दा धेरै साथीहरूसॅग मिलेर काम गर्ने र नाम नखोज्ने सामान्य मान्छे हॅु । ममा घमण्ड छैन ।

पुनर्वास देखि अमेरिका सम्मको यात्रा आफ्नै लगन परिश्रम र मेहनतले गर्ने दौरानमा म कति छाक भोकै कति निन्द्रा अनिदै र कति दुस्ख आंसुमा डुबेर गएका छन । जस्ले दुस्ख देखेको छैन जो सॅग घमण्ड छ जो छलि पापी र कपटी छ ,त्यस्तो मानिस नत नेता हुन सक्छ नत साहित्यकार नै नत आदर्शवान बाबा बन्न सक्छ । त्यसैले मलाई नजिताउनु पर्ने कारणै छैन । जस्ले पुनर्वास जस्तो राष्ट्रवादी पुस्तक लेखेको छ जस्ले युधिष्ठिर जुवाघर सॅाढे र क्यासिनो जस्तो नेपाली साहित्यलाई नितान्त नौलो आयाम दिएको छ ! म रटने र घोक्ने मान्छे हेईन जंगल देखि अमेरिका सम्मको यात्राले मलाई धेरै दु:ख र संघर्ष सिकाएको छ समस्यासॅग भाग्न होईन जुध्न सिकाएको छ ।

अनेसासमाथिका तपाईंका सपना के छन् ?

अनेसासलाई पारदर्शि ,स्वबलम्बि,बाहिरको एकेडेमी र अर्को जेनेरेसनकोलागि नेपालसॅग भाषाका माध्यमवाट हजारौ हजार वर्ष देशसॅग जोड्नका लागि मैले “साहित्य संवाद” को नाममा प्रत्येक हप्ता मेरो जुममा ४ वटा साहित्यिक कार्यक्रमहरू हुन्छन् जस्तै -“साहित्य संवाद” “साहित्य संवाद श्रष्टासॅग” ”साहित्य संवाद” “साहित्य संवाद सिर्जना सुधा” साहित्य संवादको साहित्य अनुराग”

लगायत ४ वटा प्रत्येक हप्ता चलाउनु भनेको चानेचुने कुरा होईन दोस्रो जेनेरेसनले केहि झगडा गर्ने दम्भ र अभिमानले हिंडेका सामाजिक अभियन्ताको अगाडि मलाई मन पराउने रहेछन् । यो अभियान मेरो १ मुठी सास रहेसम्म चलिरहने छ ।

अहिलेको समयमा अनेसासको आवश्यकता  कति छ ? 

मैले पहिला पनि भने नेपाली भाषालाई विश्व बजारमा लान, नेपाल र नेपाली भाषा साहित्यलाई बिश्वमा प्रचार गर्न र दोस्रो तथा तेस्रो जेनेरेसन सम्म नेपाल र नेपाली भाषाको  उन्नयन तथा उन्नत बनाउन म अनेसासमा आएको हॅु ।

अनेसास कस्तो हुनुपर्छ ?

मैले अनेसासलाई सिण्डिकेटवाट मुक्त,खास साहित्यकारको संस्था ,लोभ ,पदको मोह र दम्भवाट मुक्त तथा कसैले यो संस्थालाई गोजीमा राख्ने प्रयत्न गर्छन भने त्यो गोजी च्यात्ने प्रयत्न गर्नेछु र यसलाई सबैको मन मनमा घर घरमा तथा विश्व बजारमा लोक प्रिय पुस्तक तथा साहित्यकारलाई पुर्याउने हुनु पर्छ र मेरो प्रयास पनि त्यहि रहनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै