काठमाडौंं : नेपाली शिक्षा परिषदले इम्बोस्ड नम्बर प्लेट प्रयोगको विरोध गरेको छ । परिषदले सवारी साधनमा प्रयोग गरिने नम्बर प्लेट विदेशी भाषामा लेखिँदा नेपलीको स्वाभिमान माथि आघात पुग्न जाने भन्दै विरोध गरेको हो ।
परिषदका अध्यक्ष रमा शर्मा द्वारा जारी चार बुँदे विज्ञप्ति भनिएको छ ।-"नेपालको संविधान २०७२ ले देवनागरिक लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ,भनेर स्पष्ट उल्लेख गरेको छ । नम्बर प्लेट नेपाली भाषमा नलेखिनु संविधमानको मर्म र भावना विपरित हुन जान्छ ।"
परिपषदले सरकारको यस्तो निर्णयले सव्तन्त्र र सार्वभौमसत्ता सम्पन्न राट्र नेपालको राष्ट्रियतामा नै प्रश्न चिन्ह उठाउँने दावी गर्दै तत्काल यस्तो कार्य रोग्न माग गरेको छ ।
प्रतिक्रिया थप्नुहोस्