शशी थापा पण्डितद्वारा अनेसासको "एसिया उपाध्यक्ष"मा उम्मेद्वारी घोषणा  

काठमाडौं :  साहित्यकार शशी थापा पण्डितले  अनेसासको २०२२ -२०२४ को कार्यसमितिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनले अनेसासको "एसिया उपाध्यक्ष"मा  आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन ।

पण्डितले आफ्नो उम्मेदवारी घोषणा गरेसंगै खुलामञ्चसंग छोटो कुराकानी गर्दै भनिन् -"म संस्थाको काममा इमानदार भएर खट्दै आएकी छु । अनेसासमा पनि मेरो इमानदारी र लगशीलतालाई भरपुर सदुपयो गर्ने छु । संसथालाई चलायमान बनाउने र नेपाली साहित्यलाई विश्व बजारमा लाने अनि विश्वभर छरिएर रहेका नेपाली स्रष्टाहरुको खोजी गर्ने कामलाइृ मैले आफ्नो प्रतिष्ठाको विषय बनाउने छु ।"

पण्डितले उनले १३ बुँदे प्रतिबद्धता जारी गर्दै भनेकी छिन नेपालमा रहेको अनेसासको डायस्पोरा डेक्सलाई थप व्यवस्थापन गर्न आवश्यक पहल गर्ने बताएकी छिन् । 

पण्डितका प्रतिबद्धताहरु :

१. एसियाभित्र भएका विभिन्न देशहरूमा अनेसासको केन्द्रस्तरको र च्याप्टरस्तरको सम्मेलनहरु आयोजना गर्नको लागि अग्रसर हुनेछु । जसबाट च्याप्टरहरु एकातिर सक्रिय हुन मद्दत पुग्दछ भने अर्काेतिर ती देशमा रहेका नेपाली र तीनका नेपाली भाषा साहित्य प्रतिको झुकाव र उनीहरुको लेख्ने साहित्यको स्तर बढ्दै जान मद्दत पुग्नेछ ।

२.नेपाली साहित्यलाई विश्व साहित्यमाझ पुर्‍याउनका लागि एसियाका विभिन्न मुलुकमा रहेका भाषाहरूका साथै अंग्रजी भाषामा नेपाली भाषाका स्तरीय कृतिहरूलाई अनुवाद गराउने कार्यमा अग्रसर हुनेछु ।

३.च्याप्टरभित्र विभिन्न उपसमितिहरू र विभागहरू गठन गरेर विभिन्न विषय विज्ञहरूमार्फत साहित्यसम्बन्धी विभिन्न प्रशिक्षणहरू, गोष्ठीहरू, सेमिनार गराएर नेपाली भाषा साहित्यमा लागि परेका र यसमा आउन चाहनेहरूका लागि विविध विषयको ज्ञान गराएर आफ्ना लेखनीलाई उत्कृष्ट बनाउँदै लाने कार्य गराउनका लागि अग्रसर हुनेछु ।

४. स्रष्टाहरू बीचमा विभिन्न विषयमा सम्वाद र छलफल चलाउनुको साथै स्रष्टाहरूले भोगेका समस्याका बारेमा समूहगत रूपमा त्यस विषयको हल खोज्नको लागि अग्रसर हुनेछु ।

५. नारी स्रष्टाहरूले विदेशमा भोग्नु परेका कुनै समस्या, पीडा र लेखनी प्रतिको समस्या छन् भने र महिला सशक्तिकरणका कुराका बारेमा आवाज राख्न पाउने व्यवस्था र उनीहरुले भोगिरहेका समस्याहरुको समाधानका लागि अनेसासका सदस्यमार्फत नै पहल गर्नका लागि अग्रसर हुनेछु ।

६. विदेशमा रहेका नेपाली बालबालिकाका लागि नेपाली भाषा र नेपाली संस्कृति सिकाउनका लागि भूमिका खेल्नेछु ।

७.नेपाली साहित्यकार प्रति रहेको साहित्यिक मैत्रीभाव विकासको लागि भूमिका खेल्नेछु ।

८.एसियाका विभिन्न च्याप्टरहरूबाट साहित्य र संस्कृतिसम्बन्धी पुस्तक र पत्रिकाहरू निकाल्नका लागि पहल गर्नेछु ।

९.अनेसास सदस्यहरुमार्फत एक आकर्षक कोष खडा गरेर त्यसबाट आएको व्याजको रकमले अनेसास सदस्यहरुको कुनै नयाँ कृति निकाल्न परेमा लगानी गर्न पहल गर्नेछु । जसले गर्दा स्रष्टालाई नयाँ किताब निकाल्दा आर्थिक भार कम हुनेछ । रकमको अभावमा स्तरीय लेखनी भएर पनि कृति बाहिर निस्कन नसक्ने अवस्थाको अन्त्य हुनेछ ।

१०. सम्भव भएसम्म अनेसासलाई विदेशी साहित्यिक संस्थासँग सम्बन्ध विस्तार गर्ने कार्यका लागि आवश्यक पहल गर्नेछु ।

११.अनेसासका राम्रा कार्यहरू पुरा गर्न निरन्तरता दिनेछु ।

१२. नेपालमा रहेको अनेसासको डायस्पोरा डेक्सलाई थप व्यवस्थापन गर्न आवश्यक पहल गर्नेछु ।

१३. अनेसास एसिया समितिमार्फत विभिन्न साहित्यिक र सास्कृतिक गतिविधिहरु गर्न पहल गर्नेछु ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै