काठमाडौंः आईजीपी धीरजप्रताप सिंहले नवनियुक्त १७ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी सिंहले वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । 

बढुवा समितिले यही असार १७ गते बसेको बैठकले १७ एसएसपीलाई डीआईजी बढुवा सिफारिस गरेको थियो ।

सिफारिस गरिएका सबैको बढुवा सदर भएको हो । यससँगै उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

अहिलेकै डीआईजीमध्येबाट १० महिनापछि प्रहरीको नयाँ नेतृत्व नियुक्त हुनेछ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै