काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताइन् । 

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । 

उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पु¥याएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएका प्रति उनीहरूको प्रशंसा गरिन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै