सम्झनामा रत्नशम्शेर  थापा

योगेश वैद्य

ज जुलाई महिनाको अन्तिम दिन, मेरा हृदयका अति निकट प्रसिद्ध कवि तथा गीतकार रत्नशम्शेर थापाले नश्वर देह त्याग गरी अमरत्व प्राप्त गर्नु भएको प्रथम वार्षिक पूण्य तिथिको अवसरमा उहाँको पूण्यात्मालाई अनन्त शान्ति मिलोस् भन्ने प्रार्थनाका साथ उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु !
कवि तथा श्रेष्ठतम् गीतकार रत्नशम्शेर थापासंगको चिन्जान २०२० साल देखिनै हो । अमृत साइन्स कलेजको म विद्यार्थी, त्यसताका उहाँ कलेजको वार्षिक सांस्कृतिक उत्सवमा नाटकको निर्देशन गर्न आउनु हुन्थ्यो र हाम्रो भेटघाट हुन्थ्यो । 
हामी सामान्य चिनजानमा थियौं । तत्पश्चात केही महीना पछि रेडियो नेपालका संगीतकार हुतराज शर्माको साथ उहाँ नारी जागरणको एक गीत तयार गर्ने सिलसिलामा म कहाँ आउनु भयो । शब्द रचना उहाँको थियो र संगीत हुतराजको  । त्यो गीत गाइदिन उहाँको आग्रह मलाइृ थियो ।  तर मेरो लागि त्यो ठूलो अवसर थियो । गीतको बोल थियो-'अपमान गरी भरि सभामा'उक्त गीत रेडियो नेपालको पूरानो स्टूडियोमा रेकर्ड भएको मलाई सम्झना छ । त्यो नै सम्भवत् मेरो पहिलो लोकप्रिय गीत सावित भयो । यही गीत एक अर्कासंग नजिक आउने मीठो माध्यम बन्यो ।

'पोषण ज्ञान विस्तार' रडियो कार्यक्रम संचालन गर्ने सोचलाई मूर्तरुप दिन गीतहरुको आवश्यकताको महशूस भए अनुसार  रत्नशम्शेरसंग विचार विमर्श भयो र पोषण विषयको दुई मुद्दामा उहाँले गीतको रचना गर्ने तय गरियो । संगीतको लागि नातिकाजी श्रेष्ठ र अम्बर गुरुङ्गलाई सम्पर्क गर्ने पनि निधो भयो  ।

हाम्रो भेटघाट न्यूरोडस्थित मैसूर कफी  हाउसूमा हुने क्रम सुरु भयो  र दोहर्याइ तेहर्याइ चियार कफीको दौर बिच संगीत विषयमा कहिल्यै नटुङ्गिने गफको श्रृङ्खला चल्थ्यो । यो हामी विचको दैनिकीनै बन्यो । यसै विच करिव दशवटा गीत उहाँको शव्द रचनामा र नातिकाजी र अन्य को संगीतमा मेरो सहकार्य भई तयार हुन सक्यो ।  आँखैमा रात गली , कोठमा  आउँदा जून,  सपना देख्नु अघि, फुल्छन् जसै यो छातीमा, रोपेर छाती भरि, मौनतामा यो कस्तो गुनगुन, बाउँसे गर साथी हो आदि ।

सरकारी जागीरे अनुवन्धबाट  जव निवृत्त भईयो हाम्रो भेटघाट बाक्लिन थाल्यो र घरघरमा पनि जमघट हुन थाल्यौँ । यस विच साँझमा असन गणेश मन्दिर पछाडिको साथी विष्णु श्रेष्ठको  पसलमा प्रेमध्वजजी सहितको हाम्रो जमघट निरन्तर जम्न थाल्यो ।  यो क्रम  हामीमा आउन थालेको स्वास्थ्य समस्याले क्रम भङ्ग नगरे सम्म नित्य चल्यो ! त्यसपछिका दिनहरुमा हाम्रो सम्पर्क टेलिफोनको माध्यममा सीमित हुन पुग्यो । अव त रत्नशम्शेर र प्रेमध्वज सदा सम्झिने  प्रिय सम्झना हुनु भयो ,अमर हुनु भयो  !

साँझमा असन गणेश मन्दिर पछाडिको साथी विष्णु श्रेष्ठको  पसलमा प्रेमध्वजजी सहितको हाम्रो जमघट निरन्तर जम्न थाल्यो ।  यो क्रम  हामीमा आउन थालेको स्वास्थ्य समस्याले क्रम भङ्ग नगरे सम्म नित्य चल्यो !


आज सम्झिरहेछु म सन् १९८४-८५  मा एक अन्तर्राष्ट्रिय स्तरको विश्व बालकोष, विश्व स्वास्थ्य संघ र नेपाल सरकारको  वहुक्षेत्रिय संयुक्त पोषण सहयोग कार्यक्रम र एफ।ए।ओ ।को सहयोगमा संगसंगै संचालित 'भिटामिन ए' परियोजनाको संचालनको कृषिक्षेत्रको आयोजना प्रमुखको हैसियतमा जिम्मेवारी वहन गर्दै थिएँ ।यसै सन्दर्भमा 'पोषण ज्ञान विस्तार' रडियो कार्यक्रम संचालन गर्ने सोचलाई मूर्तरुप दिन गीतहरुको आवश्यकताको महशूस भए अनुसार  रत्नशम्शेरसंग विचार विमर्श भयो र पोषण विषयको दुई मुद्दामा उहाँले गीतको रचना गर्ने तय गरियो । संगीतको लागि नातिकाजी श्रेष्ठ र अम्बर गुरुङ्गलाई सम्पर्क गर्ने पनि निधो भयो  ।  यसपछि समुदाय र  स्थानीयस्तरसंग परिचित हुन सकेमा अझ यथार्थ चित्र प्रतिविम्बित  हुने सोचिएर हामी परियोजनाको   कार्यक्षेत्रको रुपमा चयन भएका  जिल्लाहरु स् मकवानपू्र, गोर्खा, स्याङ्गजा , नवलपरासी र सिन्धुपाल्चोकमा अवलोकनमा गयौं । तत्पश्चात गीतको निर्माणमा लाग्यौं  ।  यस सन्दर्भमा रत्नशम्शेर,  नातिदाई र अम्बरको सद्भावपूर्ण सहयोग  पाउन सकेकोमा म निक्कै गद्-गद् र गौरवान्वित हुन पाएको थिए ।

अम्बरको संगीत निर्देशनको गीतको रेकर्डिंग सकिंदा रातको बाह्र बजेथ्यो । त्यतिकै तल्लीनता र तन्मयताका साथ उफ् सम्म पनि नभनी रेकर्डिङ्ग अवधि भर  निक्कै धैर्यताका साथ उहाँहरुको  सहयोग पाउंने आत्मीय अवसर आज म सगौरव कृतज्ञी भएर सुसम्सरण गर्दैछु । 

प्राप्त प्रतिकृयाहरू

रमेशानन्द आ लेख्नुहुन्छ (२०७९ श्रावण १६ सोमबार १०:३३ pm )

अमूल्य जानकारी। एउटा ईतिहास। साधुवाद।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै