'अन्तर्दृष्टि' को प्रधान सम्पादकमा साहित्यकार सुवेदी मनोनित

काठमाडौं: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित त्रैमासिक पत्रिका 'अन्तर्दृष्टि' को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन् । 'अन्तर्दृष्टि' साहित्यप्रधान पत्रिका हो ।

मनोनित सुवेदीले यसअघि पनि अनेसासको सूचना मूलक प्रकाशन 'अनेसास दर्पण'को सम्पादन कार्यको भूमिकामा थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले सुवेदीलाई प्रधानसम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकमा आमन्त्रित सदस्य अनेसास बोर्ड अफट्रष्टि सभापति गीता खत्री, उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा.रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै