महिला अधिकारको नाममा समाजमा भ्रम फैलाएर महिलाहरुलाई भ्रमित पार्दै मात्र रकम बटुल्ने काम मात्र नगरौं है महिलावादीहरु ।
वास्तवमै महिला सशक्तिकरण चाहनुहुन्छ र अनेकन प्रकारका हिंसाहरुबाट महिलालाई सुरक्षा दिन चाहनुहुन्छ भने सर्वप्रथम महिलालाई सक्षम बनाउँने आधारहरु निर्माण गर्नुहोस् ।
महिला हिंसाविरुद्दको प्रमुख हतियार भनेको उनको आत्मनिर्भरता र सक्षमता हो । चेतना ,ज्ञान र सीपको कमीले नै यो समाजमा धेरै महिलाहरु पीडित छन् । तसर्थ सर्वप्रथम छोरीको शिक्षामा जोड दिनुहोस् ।
महिलालाई प्राथमिकतामा राखेर उनिहरुलाई विभिन्न अवसरहरु प्रदान गरेर सहभागीता बढाउँन सकिएमा अवश्यपनि महिलाहरु आफैमा सक्षम र आत्मनिर्भर बन्नेछन् । जब महिलाहरु आफैमा सक्षम र आत्मनिर्भर हुन्छिन स्वतः आफ्नो सहि निर्णय गर्नमा सक्षम हुन्छिन् । जुन नारी अधिकार र स्वतन्त्रताको पहिलो आधार हो ।
सभ्य ,सु–संस्कृत ,संस्कारयुक्त र सक्षम समाजको निर्माणमा शिक्षाले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । बढी भन्दा बढी महिलाहरुलाई शिक्षा र स्वास्थमा जोड दिएर उनीहरुलाई सीपमूलक कार्यमा दक्ष र निपुर्ण बनाएर रोजगारीको अवसर श्रृजना गर्ने वातावरण तयार गर्नुहोस् ।
महिलालाई प्राथमिकतामा राखेर उनिहरुलाई विभिन्न अवसरहरु प्रदान गरेर सहभागीता बढाउँन सकिएमा अवश्यपनि महिलाहरु आफैमा सक्षम र आत्मनिर्भर बन्नेछन् । जब महिलाहरु आफैमा सक्षम र आत्मनिर्भर हुन्छिन स्वतः आफ्नो सहि निर्णय गर्नमा सक्षम हुन्छिन् । जुन नारी अधिकार र स्वतन्त्रताको पहिलो आधार हो ।
समाजमा अनेकन भ्रमहरु फैलाएर महिलालाई पुरुषविरुद्ध भड्काएर सामाजिक संरचनालाई अस्तव्यस्त बनाउँदा महिला हिंसा अझै बढ्छ । त्यसैले महिलालाई शिक्षित बनाउनतिर लाग्नुहोस् जसले ज्ञानको ढोका खोल्छ र चेतनाको दियो बाल्छ साथै महिलाहरु आफैमा सबल ,सक्षम र स्वतन्त्र भएर बाँच्ने वातावरणको सृजना हुन्छ ।
जग बलियो भए मात्र घर बलियो हुन्छ । महिलालाई सम्मानपूर्ण व्यवहार गर्दै हामी सबै मिलेर स्वच्छ र सुन्दर समाजको निर्माण गरौं विकासमका हरेक कार्यमा नारी सहभागीतालाई जोड दिएर हिंसारहित समाजको निर्माण गरौं ।
प्रतिक्रिया थप्नुहोस्