काठमाडौं : कवि श्रीतेस थापाको कविता संग्रह 'लेटर्स टु यु' सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवं कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस , अतिथिहरु कवि ठाकुर बेलवासे र समालोचक बलराम अधिकारीले संयुक्त रुपमा विमोचन गरेर उक्त कृति सार्वजनिक गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि दिवसले श्रीतेस थापाले कविताका माध्यमबाट ध्यान गरेको बताए । दिवसले विश्वमा कविता  उपचारमा पनि प्रयोग हुन थालेको र नेपालमा त्यसको उदाहरण श्रीतेस थापा भएको बताए । उनले कवि थापाका कविताले भिन्न भाषा बोकेको बताउँदै कविता साहित्यमा कवि थापाको भविश्य उज्ज्वल रहेको समेत बताए ।

यस्तै कवि वेलवासेले श्रीतेससंग कविताका माध्यमबाट आफ्ना कुरा भन्ने भिन्न शैली भएको बताए । उनले युवा पुस्ताका लागि श्रीतेस उदारहणीय भएको बताए । कार्यक्रममा अर्का वक्ता अधिकारीले श्रीतेसका कविताले आफूलाई आकर्षित गरेको बताउँदै कविताका माध्यमकाट कविले ध्यान गरेको बताए । 

कार्यक्रममा कवि पारु तिमल्सिनाले श्रीतेसले कवितामा ध्यान गरेको  बताउँदै कविले कविताबाट आफ्नो अशान्तिलाई मेटाएको बताइन । 

कृतिकार थापाले आफू मानसिक रुपमा कमजोर भए पछि कविता लेख्न थालेको बताउँदै कविताले आफ्नो मानसिक उपचार गरेको बताए । 

यसै गरी कार्यक्रममा कवि मुना बोहोराले  श्रीतेसले नयाँ पुस्ताको प्रतिनिधित्व गरेको बताइन । 

अंग्रेजी भाषामा कविता लेख्ने युवा कवि श्रीतेसको यो पहिलो कविता कृति हो । विमोचित कविता उक्त कृति संचारमञ्चले प्रकाशन गरेको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै