प्रचण्ड र बाबुराम एउटै चिह्नमा चुनाव लड्न सहमत

काठमाडौंः नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादी केन्द्र एउटै चिह्नमा चुनाव लड्न तयार भएका छन् ।

नेसपाका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका हुन् । 

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आज बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ।

समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएको नेसपाका अध्यक्ष यादवले बताए । उनका अनुसार यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको छ ।यादवले भने, ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु (माओवादी) कै चुनाव चिह्नमा जाने सम्भावना छ ।’

यसअघि नेसपाका अध्यक्ष डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चा बनाउने र एउटै चिह्नमा चुनाव लड्ने प्रस्ताव राखेका थिए । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै