राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुलाई संविधान मिचेको भन्न मिल्दैनः माओवादी

काठमाडौंः नेकपा माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुलाई संविधान मिचेको भन्न नमिल्ने प्रतिक्रिया दिएको छ।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुलाई अहिले नै संविधान मिचेको भन्न नसकिने बताए ।

राष्ट्रपतिलाई संवैधानिक रुपमा एक पटक पुनर्विचार गर्ने ठाउँ भएको भन्दै उनले यत्तिको आधारमा संविधान मिच्यो भन्ने अवस्था नभएको बताए । 

सामान्यतया संसदले पारित गरेको विधेयक अलिहेसम्म प्रमाणीकरण हुँदै आएको भन्दै गुरुङले राष्ट्रपतिले पठाएको सन्देश आइपुगेपछि मात्रै पुनर्विचार गर्नुपर्ने विषयबारे थाहा हुने बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै