सामुदायिक विद्यालय कर्मचारीहरु आन्दोलनमा

काठमाडौं :  मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुको छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषद् संगठन मार्फत  विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका उत्रिएका हुन । 
७  बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलनलाई  काठमाडौं केन्द्रीत बनाउने घोषणा गरेका छन् । परिषदले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशभरका कर्मचारीहरुलाई आन्दोलनका लागि काठमाडौं उत्रिन आह्वान समेत गरेको छ । 

सरकारले  शिक्षा ऐन २०२८ लाई बेलाबेला राजनैतिक स्वाथै सिद्ध गर्नका लागि शैक्षिक मुद्धलाई बेवास्ता गर्दै आफू अनुकुल ऐन , नियमावली संशोधन  गरेर थप अन्योल सिर्जना गरेको आरोप परिषदले  लगाएको छ । 
परिषदले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दी समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याइ स्वतः स्थायी प्रक्रियामा लगिनु पर्ने , ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नु पर्ने लगाएका माग गरेको छ । 

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गंगा तिवारीले सामुदायिक विद्यालय कर्मचारी परिषदले अगाडि सारेका मागहरुलाई सरकारले नजर अन्दाज गरेमा   त्यसको  चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिए । उनले अब विद्यालय कर्मचारीहरु आफ्ना माग पुरा नभएसम्म आन्दोलनबाट काममा नफर्कने दावी गरे । अध्यक्ष तिवारीले भने - "हामीले देशैभरका विद्यालय कर्मचारी साथीहरुलाई काठमाडौंमा उतारी सकेका छौँ । अब हामी रित्तो हात काममा फर्किने अवस्थामा छैनौँ ।समयमै हामीले सरकारलाई आफ्नो आन्दोलनका बारेमा  सरोकारवालाहरुलाई भेटेर र सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छौँ । सरकारले हाम्रो आन्दोलनलाई नजरअन्दाज नगरोस  । "

यस्तै परिषदका महासचिव शान्तिनाथ योगीले विद्यालय कर्मचारीका माग प्रति सरकार उदासिन बनेको बताए । उनले यस पटक देशै भरबाट विद्यालय कर्मचारीहरु काठमाडौमा आएर आन्दोलन चर्काउन लागेको बताए । 
यस्तै पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले यस पटक  विद्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलन असामान्य हुने बताए । उनले समयमै  विद्यालय कर्मचारीका मागहरु सरकारले सम्बोधन गरेर समस्यालाई बल्झिन नदिन आग्रह समेत गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै