काठमाडौंः पाँचदलीय सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ ।
बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ ।
सत्तासझेदार दल नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ६० सिट आफूले पाउनुपर्ने बताएको छ। ११ सदस्यीय कार्यदलमा माओवादी केन्द्रबाट रहेका नेताहरू वर्षमान पुन र देव गुरुङलाई पार्टीले ६० सिटमा दाबी गर्न भनेको स्रोतले बताएको छ ।
यसअघि ,२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले ३७ सिट जितेको थियो । त्यसबेला माओवादी केन्द्रबाट चुनाव जितेकामध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी अहिले एमालेमा छन् ।
आगामी निर्वाचनमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमले माओवादीको चुनाव चिह्नबाट लड्ने भएका छन् ।
प्रतिक्रिया थप्नुहोस्