काठमाडौंःलामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका विरामीको संख्या ह्वात्तै बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनामै डेंगुको ७ सय जनामा डेंगु संक्रमण भएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण दाहालले गएको वर्षभन्दा यस वर्ष डेंगुको बिरामी बढेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत वर्ष ०७८÷०७९ मा  ५३० केस पुष्टि भएको भएको थियो । यस वर्ष भदौ पहिलो सातामै ११ सय भन्दा बढी डेंगुका केस भेटिएको छ । डा दाहालका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामीको रिपोर्टिङ हुने भएकाले बिरामी बढ्न सक्छन् । बाग्मती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंंगुका केस पुष्टि भएको छ । रुपन्देही,बर्दिया,धादिङ,सङ्खुवासभा लगायतका दश जिल्लामा ३० वटाभन्दा धेरै केस देखिएको जिल्ला १० वटा रहेका छन् ।्््

०७६ मा डेंगुले प्रकोपको रुप लिँदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो भने १६ हजार जना अस्पताल भर्ना भएका थिए ।   डेंगु ६० भन्दा धेरै जिल्लामा देखिएको छ ।

गत वर्ष ०७८/०७९ मा  ५३० केस पुष्टि भएको भएको थियो । यस वर्ष भदौ पहिलो सातामै ११ सय भन्दा बढी डेंगुका केस भेटिएको छ । डा दाहालका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामीको रिपोर्टिङ हुने भएकाले बिरामी बढ्न सक्छन् । बाग्मती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंंगुका केस पुष्टि भएको छ । रुपन्देही,बर्दिया,धादिङ,सङ्खुवासभा लगायतका दश जिल्लामा ३० वटाभन्दा धेरै केस देखिएको जिल्ला १० वटा रहेका छन्।

डेंगुको मुख्य लक्षण उच्च ज्वरो आउनु हो । ज्वरो ५–७ दिनसम्म रहन सक्छ ।टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने गर्दछ । 

यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्दछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै