सुर्खेतः कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालको गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । 

वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा डा. दाहालले प्रयोग गर्दै आएको मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको कारले ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट मोटरसाइकलमा सवार दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको  टाउको र खुट्टामा चोट लागेको छ । उनीहरुको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै