अफगानिस्तानमा भएको घातक हमलाको निन्दा

काठमाडौंः अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घीय सहयोग नियोग (युनाम) ले बिहीबार राजधानी काबुलको मस्जिदमा भएको घातक हमलाको निन्दा गरेको छ ।

‘हामी काबुलको मस्जिदमा हिजो भएको आक्रमणको निन्दा गर्दछौं, हालैका हप्ताहरूमा  दुई सय ५० भन्दा बढी व्यक्तिको ज्यान जाने र घाइते भएका बम विष्फोट शृङ्खलाको पछिल्लो घटना हो । 

गत वर्षको तुलनामा मासिक रूपमा हुने नागरिकको मृत्युको सबैभन्दा ठूलो संख्या भएको युनामाले छोटो वक्तव्यमा  जानकारी दिएको छ । 

बुधबार साँझ नमाजको समयमा यस मस्जिदमा भएको ठूलो विस्फोट परी २१ जनाको मृत्यु भएको छ । मस्जिदका धर्मगुरु इमाम अमिर मुहम्मद काबुलीसहित ३३ जना घाइते भएका छन् ।  

काबुलमा भएको आक्रमणको पछाडी कसको हात थियो भन्ने बारे अहिलेसम्म केही खुल्न सकेको छैन । यद्यपी हाल विष्फोट स्थललाई बन्द गरिएको छ ।

देशको बिग्रिएको सुरक्षा अवस्थाको बीचमा सबै प्रकारका आतङ्कवादलाई रोक्न संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठोस कदम चाल्न तालिबान अधिकारीहरूलाई आह्वान गरेको छ । 

कमजोर समुदायलाई थप सहयोग उपलब्ध गराउनुपर्छ र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने युनामले भनेको छ । ‘हामी मारिएका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं र त को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं युनामाले थप जानकारी दिएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै