'अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा लालगोपाल  सुवेदी चयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले समाज द्वारा प्रकाशित‘अन्तर्दृष्टि’पत्रिकाकाको प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदीलाई चयन गरेको छ । साथै समाजले उक्त पत्रिकाको सम्पादन समूह समेत चयन गरेको छ । 

अनेसासका नव निर्वाचित अध्यक्ष गोवर्धन पूजा नेतृत्वको केन्द्रीय कार्यसमितिले ‘अन्तर्दृष्टि’ पत्रिकाकाको प्रधान सम्पादक र विश्वभर प्रतिनिधित्व हुनेगरी सम्पादकहरुको चयन गरेको हो  । समाजले प्रधान सम्पादक सुवेदीको सल्लाहबाट साहित्यकार विमल भौकाजीलाई कार्यकारी सम्पादकका रूपमा चयन गरेको छ,भने दीपा राई,(बोस्टन अमेरिका)शशि थापा पण्डित,(काठमाडौँ) ,लक्ष्मण न्यौपाने (अमेरिका)तथा असफल गौतम(पोखरा)लाई कार्यकारी सहसम्पादकका रूपमा चयन गरेको छ । ।

साथै समितिले क्षेत्रगत प्रतिनिधि सम्पादकको पनि चयन गरेको छ । समितिले सुरेशकुमार पोख्रेल(टेक्सास,अमेरिक)नीलकण्ठ सुवेदी(डीसी,अमेरिका)ज्योति राई(न्युयोर्क,अमेरिका)ज्ञानु अधिकारी(नेपाल)नन्द शर्मा (न्युह्याम्शर,अमेरिका)केबी पारखी(जापान)डीआर न्यौपाने ‘सूर्य’(कोरिया)ईश्वर बगाले (शिकागो, अमेरिका) प्रेमिला गौचन(अमेरिकार जापान) मन्जु भण्डारी( युरोप) राधा सापकोटा(युरोप)विष्णुमाया ‘विभु’(युरोप)ममता तिवारी (अस्ट्रेलिया)प्रेमप्रसाद भट्टराई(कतार,खाडी मुलुक)डन कार्की(क्यालिफोर्निया ,अमेरिका) प्रदीप खनाल(भारत)लाई क्षेत्रगत प्रतिनिधि सम्पादक चयन गरेको हो । 

समाजका अध्यक्ष गोवर्धन पूजाले पत्रिकालाई विश्वभर रहेका साहित्यिक पाठकका माझमा पुर्याउने उद्धेश्यका साथ विश्वका विभिन्न देशमा सम्पादकको चयन गरिएको बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै