महिला साफ च्याम्पियनसिपमा नेपाल चुक्यो, उपाधि बंगलादेशलाई

काठमाडौं : बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३(१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

खेलको १२ औँ मिनेटमा शामसुनाहरले गरेको गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । खेलको ४३ औँ मिनेटमा श्रीमोती कृष्णरानी गोल गरेर अग्रता दोब्बर बनाइन् ।

दोस्रो हाफको ७० औँ मिनेटमा नेपालबाट एकमात्र गो अनिता बस्नेतले गरेकी थिइन् ।

हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।नेपाल सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो । बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, बंगलादेशले भारतलाई समूह चरणमा हराएको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै