काठमाडौं : सरकारले कवि ,गीतकार, गजलकार एवं विलयन लेखनका प्रवर्द्धक कृसु क्षेत्रीलाई  प्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको छ  । मन्त्रीपरिषदको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षेत्रीलाई उक्त पदक प्रदान गर्ने घोषणा गरेकी हुन । 

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०५७ का प्रथम कवि क्षेत्रीले मोती पुरस्कार, हरिभक्त कटुवाल प्रतिभा पुरस्कार, त्रिचन्द्र देवकोटा पुरस्कार लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् । 

क्षेत्रीका चराको गीत, बोधिसत्वको मृत्युउत्सव, अर्धमुदित आँखाहरू, नीलो आँसु, चौधवर्ष पछि, म्यान्मारमा नेपाली भाषा साहित्य जस्ता कृतिहरु प्रकाशित छन् । कवि क्षेत्री अहिले विलयन लेखनको सिद्धान्त र दर्शनको प्रवर्द्धकका रुपमा चर्चित बनेका छन् । 

तीन दशक देखि नेपाली भाषा साहित्यको सेवा गरिरहेका कवि क्षेत्रीले परराष्ट्रसेवामा लामो अनुभव संगालेका छन् ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै