मुकुन्दराज शर्माको निबन्धहरूको संग्रह ‘शब्दशिविर’ सार्वजनिक 

ललितपुर : कवि ,  गीतकार एवं निबन्धकार मुकुन्दराज शर्माको निबन्धहरूको संग्रह ‘शब्दशिविर’  सार्वजनिक भएको छ । राज्यमन्त्री उमेश श्रेष्ठ,प्राडा माधवप्रसाद पोख्रेल, प्राडा दयाराम श्रेष्ठ 'सम्भव' र साहित्यकार मोमिलाले संयुक्त रुपमा विमोचन गरेर उक्त कृति सार्वजनिक गरिएको हो  ।  निबन्धकार शर्माका एक शताब्दी पूरा गरेका पिता निमानन्द शर्मा र ९५ वर्षीया मााता शोभादेवीलाई साक्षी राखेर कृति विमोचन गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री श्रेष्ठले शर्माका साहित्यिक सिर्जनाबाट आफू प्रभावित बनेको बताए । उनले शर्मा बहुप्रतिभाका धनी रहेको बताउँदै शर्मासंगको लामो संगतले आफूले साहित्य बुझ्ने अवसर प्राप्त गरेको बताए । 

कार्यक्रममा साहित्यकार प्राडा पोख्रेलले विमोचित कृति 'शब्दशिविर' भित्रका निबन्धहरु मनले लेखिएको बताए । उनले निबन्धको भाषा शैली  अत्यन्तै सरल रहेको बताए । यसैगरी साहित्यकार प्राडा 'सम्भव'ले शर्माको पहिलो कृतिबाटै आफू निकै प्रभावित भएको बताउँदै निबन्ध सिर्जनामा शर्माको ठूलो सम्भावना रहेको बताए ।

कार्यक्रममा  साहित्यकार मोमिलाले शर्माका निबन्ध आममानिसका भोगाई र सोचाई भएको बताइन । उनले शर्माका निबन्धले सबै तह र तप्पकाका पाठकलाई आकर्षण गर्ने बताइन । 

कामना पब्लिकेशनका कार्यकारी निर्देशक दिरेकलाल श्रेष्ठले शर्मा विद्यालय जीवनको आफ्नो गुरु भएको र गुरुको पुस्तक प्रकाशन गर्ने अवसर प्राप्त हुनुले आफूलाई गर्व महसुस भएको बताए । 

निबन्धकार शर्माले वरिष्ठ साहित्यकारहरुसंगको साथसंगत र सामाजिक परिवेशले निबन्ध लेख्न उर्जा मिलेको बताए । उनले निबन्ध आफ्नो मनपर्ने विधा भए पनि लेख्ने कार्यलाई अगाडि बढाउन अल्छी गरेको बताए । लिट्टल एन्जल्स स्कूल हात्तीबन , ललितपुरमा सम्पन्न उक्त कार्यक्रममो संचालन कवि विप्लव ढकालले गरेका थिए । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै