मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा “मुस्ताङ वाङ्मय सङ्गोष्ठी –२०७९" सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र  विभाग प्रमुख प्रा।जगत् उपाध्याय ’प्रेक्षित’, प्राज्ञ परिषद् सदस्य तथा साहित्य ९पद्य÷काव्य० विभाग प्रमुख प्राडा हेमनाथ पौडेल, साहित्य  लोकवार्ता र बालसाहित्य विभाग प्रमुख डा देवी नेपाल, जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईँले सङ्गोष्ठीका बारेमा आआफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रममा वरिष्ठ दर्शनशास्त्री रामराज रेग्मीले  "तीन दर्शनको सङ्गमस्थलः मुक्तिनाथ" शीर्षकको गोष्ठीपत्र प्रस्तुत गरेका थिए  । भने प्राडा षडानन्द पौडेलले ’थाकखोला क्षेत्रमा प्रचलित यानीमाया गीत’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए  । प्रस्तुत गरिएका कार्यपत्रमाथि कवि-गीतकार देवेन्द्र केसी र कवि लिली अधिकारीले टिप्पणी  गरेका थिए । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा  जरा फाउन्डेसन नेपालको सहकार्य र भूपी स्मृति थाक पुस्तकालयको स्थानीय सहयोगमा उक्त सङ्गोष्ठी   पुस्तकालयका अध्यक्ष वसन्त शेरचनको अध्यक्षता  सम्पन्न भएको हो । 

कार्यक्रममा कवि सरस्वती श्रेष्ठ ’सरु’, गजलकार सावित्री गिरी, गजलकार प्राञ्जल, कवि सुशीलबाबु थकाली, सिर्जना शर्मा लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए । भने  स्थानीय कलाकारहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए ।  उक्त सङ्गोष्ठी  कार्यक्रमको सहजीकरण कमल गौचन र सिर्जना शर्माले गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै