डा.गोविन्द केसीकाे ज्यान जोखिममा, आफ्नै खर्चमा काठमाडौं आउँदै

काठमाडौंः गत १० दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा.गोविन्द केसी काठमाडौँ आउने भएका छन् । 

डा.कसी आजै साढे चार बजे  काठमाडौं आउने भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । मंगलबार नेपाली सेनाको स्काइ ट्रक (जहाज) मार्फत काठमाडौं आउन नपानेका डा. केसी आज भने आफ्नै खर्चमा आउने भएका हुन् । 

डा. केसीलाई काठमाडौं ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने सुवेदीले बताए ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै २० औँ पटक धनगढीको गीत सत्सङ्ग भवनमा उनी अनशन बसेका थिए। लामो अनसनका कारण स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो । 

डा.केसीले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिएका छैनन् । 

डा.केसीलाई श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने, तौल घटेको, थकान महसुस हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिए । उनको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई प्रेसर कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा देखिएपछि अस्पतालले उनलाई बहुविशेषज्ञ भएको विशिष्ट अस्पतालमा स्थानान्तरण गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, मानवअधिकार आयोगलगायतलाई सोमबार जानकारी गराएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै