काठमाडौंः साताको चौथो कारोबारको दिन आज नेप्से दोहोरो अंकले बढेको छ । 

आज नेप्से ११.२२ अंकले बढेर १८४८.८२ अंकमा बन्द भएको छ । 

लामो समयपछि आज नेप्सेमा सुधार आएपनि कारोबारमा भने सुधार आएन । यस दिन विभिन्न २२६ कम्पनीको २५ लाख ३१ हजार कित्ता सेयर ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । 

हिजो नेप्से ३८.८१ अंकले घट्दा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसूचकमध्ये म्युचुअल फन्ड बाहेकका सबै उपसूचक बढेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.७९ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकको १.३८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । 

अन्य समूहको उपसूचक भने १ प्रतिशत भन्दा कम अंकले बढेका छन् । आज सामलिङ पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ छ ।
 
कारोबार रकममा नबिल बैंक  ३ करोड ३८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन डिष्टिलरी परेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै