धनगढीः कैलालीमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । 

गौरीगंगा नगरपालिका–५ मा श्रीमान् शेरबहादुर नामजाली मगरले अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ललितको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

रोजगारीका सिलसिलामा भारत गएका शेरबहादुर हिजो (बुधबार) मात्र घर फर्किएका थिए । घटनापछि शेरबहादुर फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै