पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाडौंः नेकपा (एमाले) मा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रवेश गरेका छन् । 

ललितपुरस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उनलाई एमालेमा प्रवेश गराएका हुन् ।

पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा) का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशका लागि काम गर्ने पार्टी भएकोले निर्वाचनमा जिताउन आग्रह गरे । उनले एमाले जनताका समस्या र भावनालाई सम्बोधन गर्ने एकमात्र पार्टी रहेको दाबी गरे । 

एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनताको हक स्थापित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै