बलेफी–नौबिसे सडक नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सभामुख सापकोटाको निर्देशन

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोकको ‘बलेफी जलविरे तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको बलेफी नौबिसे सडकखण्डको निरीक्षण गरेका छन्।
 
निरीक्षणका क्रममा उनले समयमै तोकिएको मापदण्डअनुसार काम सम्पन्न गर्न र बाटो नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए। सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनियर, निर्माण पक्षलगायतको उपस्थिति थियो ।

सडक डिभिजन कार्यालयका इञ्जिनियर पोशाक नेपालका अनुसार यो सडक खण्डको ६० प्रतिशत भौतिक प्रगति भएको छ । सभामुख सापकोटालाई आगामी मङ्सिरसम्म बाटो ग्राभेलको काम सक्ने लक्ष्य रहेको इञ्जिनियर नेपालले जानकारी गराए।
 
सो सडकखण्डअन्तर्गत टुनिबोटेदेखि जलविरेसम्म पाँच किलोमिटर बाटो स्तरोन्नतिका लागि रु ४७ करोड रकम विनियोजन भएकामा सोहीअनुसार डिजाइन लगत अनुमानको काम सकिएकाले ठेक्काको प्रक्रियामा रहेको पनि उनले जानकारी गराए। हाल स्तरोन्नति भइरहेको सडकखण्डमा निर्माणको काम नरोकिने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै