सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षा विषयमा छलफल

काठमाडौंः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ ।
 
उनीहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका बारेमा छलफल र अन्तक्र्रिया भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए। 
 
निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरुपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको  थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै