काठमाडौंः समय अवधिभित्र निर्वाचनको खर्च विवरण नबुझाउने आठ सय ३१ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। 

आयोगले दैलेखका चार नगरपालिकाका १८ जना प्रमुख–उपप्रमुखका उम्मेदवारलाई जनही रु चार लाख ५० हजार, सात गाउँपालिकाका २३ जना अध्यक्ष–उपाध्यक्षका उम्मेदवारलाई जनही रु तीन लाख ५० हजार जरिवाना तोकेको छ ।

आयोगका अनुसार नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई जनही रु दुई लाख जरिवाना तोकेको छ । जरिवानामा पर्ने नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य छन् । आठबिसका एक सय ३९, चामुण्डाविन्द्रासैनीका एक सय २२, दुल्लुका ७४ र नारायण नगरपालिकाका एक सय २० जना छन् ।

जरिवानामा पर्ने गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमध्ये गुराँसका २३, ठाटीकाँधका २५, डुङ्गेश्वरका ५३, नौमूलेका ६७, भगवतीमाईका ४०, भैरवीका ४१, महाबुका ८६ जना उम्मेदवार छन् । जरिवानामा पर्नेमा अधिकांश निर्वाचित जनप्रतिनिधि छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै