अनुपा श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिने 

काठमाडौं: राजनीतिज्ञ एवं सामाजिक अभियान्ता अनुपा श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभाका लागि आफ्नो उम्मेदवारी  दिने भएकी छिन् । श्रेष्ठ पाँच वर्ष अघि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा  यही क्षेत्रबाट  प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर चुनाव लडेकी थिइन । विवेकशील साझा पार्टीका तर्फबाट चुनाव लडेकी अनुपाले उक्त निर्वाचनमा ५३७३ मतका साथ  तेस्रो स्थान हासिल  गरेकी थिइन ।

दुई दशक भन्दा बढी लामो समय टेलिभिजन पत्रकारिताको अनुभव संगालेकी अनुपा वृत्तचित्र निर्माणमा पनि चर्चित छिन् । उनी इमेल च्यानल प्रेस युनियन शाखाकी  पहिलो महिला अध्यक्ष  हुन ।अन्तर्राष्ट्रिय महिला संजाल (आइवार्त) नेपाल शाखाको अध्यक्ष समेत रहेकी उनले पत्रकारितामा स्तान्कोतर गरेकी छिन् । 

महिला हिंसा, महिला समानता र अधिकारका पक्षमा लामो समयदखि सक्रिय अनुपाले महिला सशक्तीकरणका लागि विभिन्न गतिविधि गर्दै आएकी छिन् ।  उनीले  संस्कृति प्रबद्र्धनका लागि देशविदेशमा विभिन्न कार्यहरु पनि गर्दै  आएकी छिन् । 

विवेकशील साझा पार्टी काठमाण्डौं जिल्ला संयोजक, बाग्मती प्रदेश महिला संगठन प्रमुख र विसापाकी केन्द्रिय सदस्यका रुपमा राजनीतिक / सामाजिक काम गर्दै आएकी अनुपाले हालसालै साझा पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी छिन् । आसन्न निर्वाचनमा पार्टी वा स्वतन्त्रत लड्ने भन्ने बिषयमा टुंगो नलागेको तर निर्वाचन लड्ने पक्का भएको उनले बताइन । 

उनी भन्छिन् -"मैले विवेकशील साझाबाट राजीनादिए पछि विभिन्न पार्टीहरुले पार्टी प्रवेश गर्न प्रस्ताव गरिरहेका छन् । साझाले नै पनि मेरो राजीनामा स्वीकृत गरिदिएको छैन । काठमाडौं ७ का जनताले मैले चुनाव लड्नु पर्छ भन्ने शुभेच्छा राख्नु भएको छ । मैले आफ्नो क्षेत्रका जनताको माया र स्नेहलाई सम्मान गर्दै निर्वाचन लड्ने निर्णय गरिसकेकी छु,स्वतन्त्र रुपमा लड्ने कि पार्टीका तर्फबाट चुनाव लड्ने, म  साथीहरुसंग छलपलमा जुटेकी छु । एक दुई दिनमै मैले आफ्नो उम्मेदवारी घोषणा गर्ने छु ।" 

'वितेको पाँच वर्षमा आफूले यस क्षेत्रका जनताको विश्वास जिेतका कारण यस पटक आफ्नो  जित निश्चित भएको ,' अनुपा दावी गर्छिन । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै