हेटौंडाः नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरले विश्व मुटुु दिवसको अवसरमा निःशुुल्क स्वास्थ्य परीक्षण गरेको छ । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान वागमती प्रदेशसँगको सहकार्यमा आज हेटौंडाको भुटानदेवी मन्दिर परिसरमा निःशुल्क रुपमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको हो । 

स्वास्थ्य शिविरमा एकसय १० जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता न्यौपानेले जानकारी दिइन् ।

शिविरमा ब्लड प्रेसर, सुुगरको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा मुटुु रोगबाट बच्ने तथा उपचारका बारेमा हेटौंडा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए । 

शिविर सञ्चालन अघि मकवानपुर उद्योग वाणिज्य संघबाट जनचेतनामूलक र्‍याली निकालिएको थियो । र्‍याली हेटौंडा नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै भुटनदेवी मन्दिरमा पुुगेर शिविरमा परिणत भएको थियो । र्‍यालीमा सहभागिहरुले मुटुुलाई कसरी जोगाउन र स्वस्थ राख्न सकिन्छ भन्ने जानकारीमूलक प्लेकार्ड बोकेका थिए । 

कार्यक्रम नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ शर्मा, क्यान्सर सोसाईटीका माधव अधिकारी, विश्व हिन्दुु महासंघका प्रल्हाद घिमिरेलगायतको सहभागिता रहेको थियो। 

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामा, क्यान्सर सोसाईटीका अधिकारी, सभाध्यक्ष भेटवाल र कार्यक्रम संयोजक न्यौपानले मन्तव्य व्यक्त गरेका थिए।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै