प्राकृतिक विनाशले विश्वमा खाद्य, इन्धन संकट बढायो : पूर्वराष्ट्रपति यादाव 

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य, इन्धनजस्ता संकट बढेको  बताएका छन् । उनले मानिसबाट भएको प्रकृतिको विनाशबाट नेपाल मात्र नभएर विश्वमा बढेको जलवायु परिववर्तनले मानव सभ्यता संकटमा पर्ने जोखिम बढेको बताएका दावी गरेका छन् । पूर्व राष्टपतियादवले देश नै संकटमा पर्दा पनि अहिलेका नेतृत्वलाई मतलब नभएकाले अब युवा राजनीतिक नेतृत्वले  प्राकृतिक विनाशलाई रोक्नु पर्ने बताएका छन् ।  उनले उनले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह समेत गरेका छन्।

१५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाडौंको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन । निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई आग्रह गरेका हुन्। अहिंसाको बाटोबाट निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उनको भनाइ छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै