घातक दस्तावेज भन्दै साझा पार्टीले खारेज गर्यो 'विचार भन्दा माथि देश'

काठमाडौं:विवेकशील साझा पार्टीले  'विचार भन्दा माथि देश' दस्तावेज खारेज गरेको छ । पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको उक्त दस्तावेज विवादस्पद र घातक भएको भन्दै  शुक्रबार बसेको  केन्द्रीय समिति बैठकले खारेज गरेको हो ।  

पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले  उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले  पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको बैठकले निष्कर्ष निकालेको र दस्तावेज खारेज गर्ने निर्णय गरेको बताएका छन् । 

प्रवक्ता परियारले विज्ञप्ति जारी गर्दै 'सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसंग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने  बैठकले  निर्णय गरेको,' उल्लेख गरेका छन् । 

'बैठकले केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरितको गतिविधिमा प्रत्य‍क्ष संलग्न रहेको पाईएको भन्दै पार्टी नीति तथा हित विपरित गतिविधिमा  संलग्न भएका नेताहरूलाई तत्कालै  स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने', निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पार्टी भित्र देखा परेको वैचारिक असहमतिका कारण  राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलीत पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई  विवादस्पद र घातक दस्तावेज खारेज गरेसंगै पुन: सकृय हुन र आसन्न निर्वाचनमा होमिन विज्ञप्ति मार्फत पार्टीले अपील समेत गरेको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै