काठमाडौं:दसैँको अवसर पारेर कविहरुले कविता वाचन गरेका छन् ।  दसैँ तिहार र छट पर्वको  शुभकामना आदानप्रदान गर्दै काठमाडौंमा कविहरुले कविता वाचन गरेका हुन ।

सखी प्रतिष्ठानले आयोजना गरको उक्त कार्यक्रममा कविहरु शैलेन्द्र साकार, राधेश्याम लेकाली, किशोर पहाडी, सविता श्रेष्ठ बेहोसी, शशी थापा पण्डित, मन्जिला अनिल, मीना श्रेष्ठ, ममता मृदुल, मुरारि सिग्देल, निर्मलरमण पराजुली, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, भानुप्रकाश जोशी, बिना पोखरेल शिव अधिकारी, उषा के। सी।, उमेश पाण्डे, मनिला वन्त, बिन्दु अधिकारी ढकाल, पारु तिमिल्सिना, गीता सापकोटा, राधा कार्की, जस्मिन ओझा, सुमित्रा अधिकारी, शुभलक्ष्मी कोइराला, सरिता पोखरेल वाग्ले लगायतले आआफ्नो कविता वाचन गरेका थिए । 

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, सखी प्रतिष्ठानका सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अतिथिहरु शैलेन्द्र साकार, किशोर पहाडी लगायतले  मन्तव्य राखेका थिए । 

कार्यक्रममा रन्जना अवस्थी , कोपिला घिमिरे, रन्जना भट्ट, सपना तिमिल्सिना, करुणा भट्ट, जस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै