सुनसरीका सर्वसाधारणका मनमनमा बसेको छु :  ज्ञानेन्द्रबहादुर कार्की (प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनसरी - ४)

 सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । चुनावी चटारोका बीचमा खुलामञ्चले  टेलिफोनबाट कार्कीसंग चुनावसंग सम्बन्धित पाँच प्रश्न  गरेको थियो । प्रस्तुत छ , उक्त पाँच प्रश्नको कार्कीको जवाफ:

चुनावी वातावरण कस्तो छ 

देश नै चुनावमय भएका बेलामा सुनसरी क्षेत्र नम्बर ४ मा पनि चुनावी वातावरण तातिनु  सामान्य कुरा भयो । प्रजातान्त्रिक आन्दोलनमा सुनसरी सधै अगाडि रहेको जिल्ला हो । सुनसरी क्षेत्र ४ का वासिन्दामा निर्वाचनका प्रति विश्वास रहेको मैले देखेको छु । यसैले पनि यहाँका मतदातामा यस बेला चुनावको चटारो छ । 

तपाई आफ्नो जितप्रति कत्तिको ढुक्क हुनुहुन्छ ? 

म जित्छु भन्नेमा  ढुक्क छु । यहाँका वासिन्दालाई सोध्नुहोस् न , मेरो अवस्थाका बारेमा । जित्ने कुरामा म किन पनि ढुक्क छु ,भने यहाँका मतदाताको विश्वास मैले जितेको छु । उहाँहरु मलाई सांसद बनाएर संसदमा पठाउन कुनै कसुर बाँकी  राख्नु भएको छैन ।  वितेका समयमा मैले यस क्षेत्रमा आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेको छु । जनताका सुखदु:खमा म सधै साथमै बसेको छु । 

सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८, रामधुनी नगरपालिका ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् ।मैले यी क्षेत्रहरुमा विकासका लागि काम गर्न कत्ति पनि बाँकी राखेको छैन । सर्वसाधारण देखि सबैका घरघरमा म पुगेको छु । यहाँका वासिन्दाका मनमनमा म वसेको छु ।  सुनसरी ४ मा मेरो जग राम्रो छ । 

विकासका दृष्टिले सुनसरी -४ कस्तो छ ? 

विकासको अन्त्य हुने कुरै भएन । नागरिकलाई अधिक भन्दा अधिक सेवा सुविधा दिनुपर्छ । आधुनिक सहुलियतपूर्ण शिक्षा , सरल र सहज स्वास्थ्य ,आधुनिक जीवनशैली अनि रोजगारीका लागि मैले यस क्षेत्रमा अझै धेरै काम गर्नु छ । 

चुनाव पछि कांग्रेसको स्थान कहाँ होला ? 

कांग्रेस देशको १ नम्बर पार्टी बन्छ । कांग्रेसको नेतृत्वमा सरकार बनेर दशेमा समृद्धिको लहर आउने छ । शन्ति र सुशासन बलियो हुनेछ  । । संविधान संस्थागत हुन्छ । देशले विकासको लय समात्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै