सुनसरीः सुनसरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् ।
नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ४ हजार २१० मतले पछि पार्दै चौधरीले अग्रता कायम राखेकी हुन् ।
चौधरीे ३० हजार १५५ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले २५ हजार ९४५ मत पप्त गरेका छन् । गच्छदारलाई सत्तागठबन्धनको समर्थन रहेको थियो ।
गच्छदार र चौधरी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यसअघिका दुई निर्वाचनमा गच्छदारले बाजी मारे । दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए ।
अघिल्लो चुनाव मा पनि निष्पक्ष रुपमा कहाँ जितेको थियो र गच्छदार ले, फटाहा ले हार्नु पर्छ, जनता जागरूक भै सके।