काठमाडौंः स्याङ्जा क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका धनराज गुरुङलाई ६०१ मतले पछि पार्दै अर्यालले अग्रता लिएकी हुन् ।
अर्यालले २ हजार ३०४ मत प्राप्त गर्दा गुरूङले १ हजार ७०३ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत ल्याएका छन् ।
एमालेले निर्वाचनमा धाधली भएको भन्दै पुनः मतदान हुनु पर्ने माग गरेपछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।मतदान भएको १० दिनपछि बुधबार रातिदेखि निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो ।
प्रतिक्रिया थप्नुहोस्