दोलखाः दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार रहेका कार्कीले ५ हजार ३५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९२८ मत प्राप्त गरेका छन् ।
जिल्लाको १० मतदान केन्द्रमा हिजो (बिहीबार) पुनः मतदान भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्