कैलालीः धनगढीमा जारी गरेको निषेधाज्ञाबीच प्रदर्शन गर्ने ९ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गन विद्यार्थीहरूलाई प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिएको छ ।
बिहीबार धनगढीमा ग्रेडरले किच्दा पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएको थियो । उनको मृत्युसँगै वििद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय कैलाली सो अवस्थालाई मध्यनजर गर्दै बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा उल्लंघन गरी विद्यार्थीहरुले प्रदर्शन गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारेको हो ।
प्रतिक्रिया थप्नुहोस्