काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज ४ खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम समान दुई दुई खेलहरु हुन लागेका हुन् ।

पहिलो खेलमा  ‘एच’ मा रहेको दक्षिण कोरिया र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । सोही समयमा हुने अर्को खेलमा घानाले उरुग्वेको सामना गर्नेछ ।आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । 

यस समूहबाट पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । पोर्चुगल आज जित निकाल्दै समूहमा अपराजित हुँदै समूह चरण अन्त्य गर्ने योजनामा छ । आजको खेलमा जित निकाल्दै घाना अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछ ।

उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ । दक्षिण कोरियाको पनि सोही योजना छ । तर, घाना र उरुग्वेबीचको नतिजामा भर पर्नु पर्नेछ ।

आज नै हुने विश्वकपको समूह चरणका अन्तिम दुई खेलहरुमा सर्बीयाले स्वीजरल्यान्डसँग खेल्दा ब्राजिलले क्यामरुनको सामना गर्नेछ । समूह ‘जी’ को एक टोलीको अघिल्लो चरण प्रवेश सम्भावना निर्धारण हुनेछ ।

ब्राजिल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आजको खेलमा तिज निकाल्दै स्वीजरल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुग्ने योजनामा छ । यता क्यामरुन र सर्बीयाको पनि सोही लक्ष्य हुनेछ । दुबै खेल नेपाली समय अनुरास राति १२ः४५ मा हुनेछन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै