लक्ष्मण बेलवासे
नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपाल को राजनीति मा नौलो नाम होइन।नेपाल को कम्युनिस्ट आन्दोलनको लामो संघर्ष पूर्ण इतिहास बोकेको गतिशील पार्टी हो,ने का पा ९मसाल० र यसैको खुला मोर्चा हो राष्ट्रिय जनमोर्चा। संघर्ष एकता र संघर्ष को बाटो पछ्याउँदै विभिन्न राजनीतिक लड़ाई लडेको यो पार्टी वैचारिक शुद्धतामा अहिले पनि कम्युनिस्ट आन्दोलनको नेतृत्त्व एक्लै गरिरहेको छ।विचार र व्यवहार को तालमेल मिलाउँदै शुद्धता कायम राखेको छ।
अर्ध सामन्ती अवस्था बाट गुज्री रहेको हाम्रो समाज को चरित्र पनि अझै अर्ध सामन्ती नै रहेको छ।त्यसैले हाम्रो समाजले त्यस्तै प्रकारको व्यवहार पनि प्रस्तुत गर्ने गर्दछ।अझै पनि राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत स्वर लाई केन्द्र मा राखेर चाकडी र निगाहमा विश्वास गर्ने गरेको पाइन्छ।राज्य प्रति विश्वास नहुनु र राज्य ले विभेदकारी नीति अख्तियार गर्दै अभिभावकीय भूमिका निभाउन नसक्नु यसको अर्को कारण हो।यसले गर्दा बिस्तारै कार्यकर्तामा वैचारिक अडानमा स्खलन हुँदै विचार माथि विश्वास कम हुने बाध्यात्मकज्ञकत्र अवस्था आएको पाइन्छ।यसले गर्दा नीति विचार र सिद्दान्त ले एउटा पार्टी मा प्रतिबद्ध व्यक्ति पनि भविष्यमा केही व्यक्तिगत लाभ लिने आशमा मत अन्तै जाहेर गरेका कैयौ उदाहरण भर्खरै सम्पन्न हुँदै गरेको चुनावी परिणाम ले देखाएको छ।अस्थिर वैचारिक स्थिति कै कारण छिन् छिन् मै मत सँगै दल बदल्ने को संख्या पनि अधिक रहेको छ यहाँ।
दुर्भाग्य नेपाली मतदाताले मसाल जस्तो निष्ठावान,आर्दशवान र सिद्धान्तवान दललाई स्वीकार गरेर राजनीतिक परिपक्वता देखाउन सकेनन् । जसरी देशमा दलहरु बिकाउ बनेका छन् , त्यसरी नै मतदाताहरु पनि विवेक शून्य भएका छन् ।
सही नीति विचार र सिद्दान्त प्रति प्रतिबद्ध पार्टी नै जनता को रोजाइ मा नपरेको धेरै भइसक्यो यहाँ।यसको एउटा गतिलो उदाहरण हो राष्ट्रिय जनमोर्चा।यो देश मा पहिलो पटक संविधान सभाको माग राख्दै अनवरत संघर्ष गरेको यही पार्टी हो।यही कुरा लाई सही मान्न अन्य दल लाई थुप्रै समय लाग्यो।अन्तत सबै पार्टी लाई सत्य लाई स्वीकार्न कर लाग्यो नेपालमा संविधान सभा को चुनाव भयो।संविधान सभा ले जनताको संविधान घोषणा गर्यो र कैयौ असन्तुष्टि का बावजुत कार्यान्वयन को चरण मा पुग्यो।देशमा जनताले लेखेको संविधान लागू भयो।तर त्यही संविधान सभा मा जनमोर्चा का प्रतिनिधि न्यून पठाइयो जनता बाटै।यहाँ पनि फेरि काग र कोइली को खेल शुरु भयो।फूल एउटा को कोरल्ने अर्कै भयो।यसैले होला संविधान मा आई जरू पलायो ।जनता ले चुनेका प्रतिनिधि नै जनमत लाई धोखा दिँदै विदेशी प्रभाव मा परी संघीयता जस्तो घातक विषय संविधानमा लिखित रूपमा नै आयो।सबै दलका नेता कार्य कर्ता मा असन्तुष्टि हुँदा हुँदै पनि आफ्नो दलको निर्णय भन्दै बीस पचाउन बाध्य देखिए।जातीय नारा उराल्दै देश झण्डै विखण्डन को दिशामा गएन।खण्डित धेरै मन अहिले पनि मिल्न सकेका छैनन्।अहिले आएर सबैका मन र मुख दुवै खोलिन थालेका छन्।भन्छन् देशले संघीयता धान्न सक्दैन।
जनमोर्चा त्यति नै बेला यो देश मा संघीयता आबस्यक छैन।यो देश लाई अस्थिर बनाउने विदेशी खेल हो।यसलाई संविधान बाट हटाउनु पर्छ।जनताको अभिमत सुनिनु पर्छ।भनेर संसद्को रोष्ट्रम देखि शहर का गल्ली गल्ली मा पुगेर जनतालाई आह्वान गर्ने यही पार्टी थियो।संघीयता विरोधी को नाक काटिन्छ अलो रगत चटिन्छ,भन्दै आइलाग्ने आक्रोसित भीड को सामना गर्दै गाउँ गाउँ मा संघीयता बिरुद्दको लडाइँमा देशी विदेशी शक्ति को निशाना मा अहिले सम्म यही पार्टी परेको छ।यही लड़ाई मा कैयौ कमरेड अंग भंग भएका छन्।यही संघीयता विरोधी आन्दोलन लाई पनि अब अर्कै ले काखी च्याप्न थालेका छन्।न इतिहास न भविष्य भएका केही दल र परिचालित व्यक्ति धमिलो पानी मा जाल फाल्दै क्षणिक वैयक्तिक लाभको लागि जनमत सँग खेल्न थालेका छन्।जसले हिंजो यो व्यवस्था घातक छ ,भनेर जीवन मरण को लड़ाई लड्यो र आज पर्यन्त संघीयता खारेजी लाई प्रमुख मुद्दा बनाएर लडिरहेको छ।त्यही पार्टी लाई ओझेल मा पर्न देशी विदेशी शक्ति एक जुट भएर लागेका छन्।जनमत लाई भ्रमित पार्दै जनमोर्चा सिध्याउने खेलमा लागेका छन्।भन्दै छन्।जनमोर्चा सिद्धियो।जनमोर्चा एउटा मात्र नेपालको यस्तो कम्युनिस्ट पार्टी हो।जसले विचारको राजनीति गर्छ।नीति विचार र सिद्दान्त को व्यवहारत: प्रयोगात्मक अनुसरण गर्दछ।सैद्धान्तिक विचलनले गलत दिशामा पुर्याउँछ भन्ने कुरालाई दृढताका साथ विश्वास गर्दछ र त्यही अनुरूपको व्यवहार गर्दछ।
२०५२साल देखि शुरू गरिएको कथित जनयुद्ध उग्रवामपन्थी भड्काव हो।नेपालका आफ्नै कला, धर्म संस्कार र संस्कृति नामेट पारेर आपसी सदभावमा खलल पुर्याउँदै आफ्ना धर्म र संस्कार भित्र्याउँदै नेपाललाई सधैं अस्थिरतामा फसाएर लाभ लिन चाहने छिमेकी तथा पश्चिमा हरुको कठपुतली लड़ाई हो यो।अन्त्यमा घोर दक्षिण पन्थी बाटोमा जाने छ।यो लड़ाई नेपाल र नेपालीको हितमा कुनै पक्ष बाट पनि छैन।यसरी सही समयमा जनतालाई सही सूचना सूचित गर्ने यही पार्टी थियो।अहिले परिणाम घाम जत्तिकै छर्लंग छ।अहिले त्यो पार्टी र तिनका नेता कुन दिशामा गइरहेका छन्।क्षणिक लाभको लागि देश र जनतालाई दाउमा लाउने हरु फूलका सरी आउँछन् र छिट्टै विलय पनि हुन्छन्।यो सत्ता र राज्य सँग असन्तुष्ट तरल मत छिट्टै आकर्षित हुने ।आक्रोशित हुने र उत्तेजित तथा अलि भावना मा बहकिने हुन्छन्। जो भर्खर बालक बाट बालिग भएका पनि हुन्छन्। जो विषय वस्तु को गहिराइ मा नपुगी,अवस्थाको वस्तुनिष्ठ विश्लेषण नगरी छिट्टै निर्णय गर्ने क्षमता राख्दछन्।सतही मीठा कुराले छिट्टै प्रभावित पनि हुने गर्दछन्।त्यसैको परिणाम कहिले कहिँ जनमत गलत परिणाम पनि दिन सक्दछ।त्यसैले राजनीति तथा राजनीतिक पार्टी ले सही विचार र उद्देश्य सहीत समाज लाई नेतृत्त्व प्रदान गर्ने हैसियत प्रस्तुत गर्नु पर्दछ। स्वार्थ को राजनीति सलबलाएको बेला कहिले कहीं सही विचार र सिद्दान्त धुमिलो हुन सक्दछ।औचित्य सिद्दिए जस्तो लाग्न सक्छ।अधिक सूचना को प्रवाह।भ्रामक र तथ्य हिन अफवा फैलाउने समाचार को सम्प्रेषण।पुँजीवादी तथा साम्राज्यवादी हरुको गतिलो हतियार हो।यसले कहिले काँही मानिसलाई सत्य बाट टाढा पुर्याउँदै ,दिग्भ्रमित बनाइदिन्छ।यस्तो बेलाको निर्णय पनि सही नहुन सक्दछ।नेक पा (मसाल)र राष्ट्रिय जनमोर्चा को हकमा पनि कति कुरा यस्तै भएको छ।मसाल अर्थात् जनमोर्चा का नीति विचार र विश्लेषण सबैलाई मन परेका छन्। रा ज मो का नीति कार्यक्रम यसले उठाउने मुद्दा र संघर्ष सबै लाई मन पर्छ।पुँजीवादी यो संसदीय चुनावी दौड मा पछाडि छोडिन्छ।यसले के बुझ्न सकिन्छ भने यहाँ मत मनै देखि जाहेर गरिँदैन।विभिन्न प्रभाव र प्रलोभन मा मत को व्यापार हुने गर्दछ।
अर्को कुरा यहाँ कम्युनिस्ट पार्टी बाटै परिवर्तनको नाम मा धेरै पटक ठगिएका नेता कार्य कर्ता तथा सबै जनतामा धैर्य भएर पर्खने क्षमता पनि कमजोर भएको छ।अब सबैलाई नगदमा लाभ चाहिए को छ।पर्खिने रहर कसैलाई छैन। मसाल मात्र यस्तो पार्टी हो । को आफूलाई क्रान्तिकारी भन्ने गर्छ।नीति विचार र सिद्दान्त का कुरा गर्छ।कठिन लम्बे यात्रा र लामो निर्मम संघर्ष पछि मात्र आमूल परिवर्तन सम्भव हुने कुरा गर्दछ।विदेशी साम्राज्यवादी शक्ति र देश भित्र कै शोषक वर्गको पराजय र शोषित वर्ग गरीब किसान सर्वहारा वर्ग को जीत सँगै आमूल परिवर्तन अर्थात् क्रान्ति सफल हुने छ।
धेरै नेता कार्यकर्ता लाई लाग्न थालेको छ।क्रान्ति कहिले ? परिवर्तन कहिले ? हाम्रै पालामा या छोरा ,नाति को पालामा। विश्वास लाग्दैन।पत्याउन गाह्रो हुन थालेको छ।हिंजो जनमोर्चा सँगै संघर्ष मा होमिएका दल अहिले सत्ता मा छन्।नेता ,आफन्त जन,आफ्ना कार्यकर्ता सत्ता को दुरुपयोग र दोहन गर्दै व्यक्तिगत लाभ उठाई रहेका छन्।रा ज मो सधैं यस्ता गलत प्रवृत्ति विरुद्ध सदन र सडक सबैतिर लडिरह्यौ। पालै सँग धेरै कामरेड हरुलाई समानताको यो लम्बे यात्रा दिक्दार लाग्यो।क्रान्ति प्रति को विश्वास टुट्दै गयो।बिस्तारै ठूला पार्टी ,सत्ता र शक्तिको स्वाद लिन मन लाग्यो।यस्तै कुराले आकर्षण गर्यो।ठूला पार्टी मा ठूलै भाग खोज्ने होड बाजी नै चल्यो।कति साथी लाई एउटै ठूलो भान्सा को खाना मन पर्न छोड्यो।आफ्ना आफ्नै साना साना भान्सा,आफैले रोजेको खाना त्यहाई मन पर्यो।अलग अलग चुलो वाल्न थाले।दोष जति भान्सेले लिनु पर्यो।पचासौं वर्ष पकाएर पनि मिठो पकाउन जानेन।भाग लाउँदा सधैं कसैको भागमा दुई चौटा बढी कसैलाई झोल।गुनासो सबैको यस्तै थियो र छ।गन्तव्य एउटै हुँदा सबै मिलेकै थियो।कोही प्रदेशी भए।कोही मानो छुट्याएर अर्कै घरजम गरे।अहिले सबै भन्ने गर्छन्।घर खाली भयो।
जनमोर्चा एउटा मात्र नेपालको यस्तो कम्युनिस्ट पार्टी हो।जसले विचारको राजनीति गर्छ।नीति विचार र सिद्दान्त को व्यवहारत: प्रयोगात्मक अनुसरण गर्दछ।सैद्धान्तिक विचलनले गलत दिशामा पुर्याउँछ भन्ने कुरालाई दृढताका साथ विश्वास गर्दछ र त्यही अनुरूपको व्यवहार गर्दछ।
नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विडम्बना यही हो।जनमोर्चा भनौं या मसाल यस बाट अछुतो रहन सकेन।यो रोगको सबै भन्दा ठूलो शिकार जनमोर्चा अर्थात् मसाल बन्यो।एउटा सत्य के हो भने जो जता भड्किए पनि सत्य भन्दा टाढा कोही पुग्ने छैन।यात आफूलाई कम्युनिस्टको खोल ओढाउँदै अन्तिम लक्ष्य पुँजीवादलाई स्वीकार्नु पर्यो।होइन भने जनवादी क्रान्ति सम्पन्न गर्दै समाजबाद र साम्यवादको यात्रा तय गर्ने नै हो भने राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति तथा देश भित्रकै आन्तरिक परिस्थिति।जुन सबै साम्राज्यवादी र पुँजी बादीहरुको कब्जा मा रहेको छ।परिवर्तन का पक्षधर शक्ति भन्न मन लाग्छ।साम्राज्य बढी शक्ति हरुकै दुष्चक्रमा फसेर छिन्न भिन्न भएर विभक्त भएको यो बेला विचार र सिद्दान्त लाई जोगाउँदै यी पुँजीवादी देशी विदेशी शक्ति का विरुद्ध अन्तिम श्वास रहे सम्म लड्दै जनवादी क्रान्ति को यात्रा तय गर्ने अंततः यही पार्टी हो।भलै यात्रा कठिन पनि छ ।लामो छ।
यात्रा कठिन हुँदा संगठन खुम्चिन्छ।सहज हुँदा फैलिन्छ।यो एउटा स्वाभाविक प्रक्रिया पनि हो।संसद उपयोग हाम्रो रणनैतिक लक्ष्य हुँदै होइन।यो व्यवस्था बाट आमूल परिवर्तन हुनेछ।गरीब किसान र मजदुरका समस्या यही व्यवस्था बाट हुनेछ।यो जनमोर्चाको विश्वास होइन।यही व्यवस्थाको भण्डाफोर यही व्यवस्थाको उपयोग बाट हुन सकोस् यही कार्यनीति हो।यस्तो व्यवस्थामा हुने चुनाव मसाल जस्तो पार्टी को लागि सधैं प्रतिकूल हुन्छनै।त्यसैले यही चुनावी परिणाम लाई लिएर मसाल सक्कियो भनेर अफवाह फैलाउनु स्वाभाविक हुँदै होइन।राजनीति निष्ठा,नीति,विचार र सिद्दान्त को गरिन्छ।नीति विचार ,सिद्दान्त र पार्टी प्रति प्रतिबद्ध थोरै कार्यकर्ता पनि विद्रोहको राको बाल्न पर्याप्त हुने गर्दछन्।अन्याय र अत्याचार का विरुद्ध भिड्डै गरीब किसान र सर्वहारा मजदुर तथा सम्पूर्ण न्यायाप्रेमी जनता लाई गोलबद्द गर्न पर्याप्त हुन्छ। विभेद र शोषण सकिएको छैनत्यसैले मसाल सकिएको छैन।सकिने छैन।
दुर्भाग्य नेपाली मतदाताले मसाल जस्तो निष्ठावान,आर्दशवान र सिद्धान्तवान दललाई स्वीकार गरेर राजनीतिक परिपक्वता देखाउन सकेनन् । जसरी देशमा दलहरु बिकाउ बनेका छन् , त्यसरी नै मतदाताहरु पनि विवेक शून्य भएका छन् ।
प्रतिक्रिया थप्नुहोस्