वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन 

काठमाडौंः वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस) मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् । 

 उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै