कम्बोडियाको होटलमा आगलागीः १२ तलाबाट हामफालेका नेपालीको मृत्यु 

काठमाडौंः उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । 

आगलागीमा परेर मृत्यु हुनेमा एक जना नेपाली रहेका छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।

व्यवसायको सिलसिलामा पाण्डे एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए । आगलागी भएपछि उनले परिवार रसाथीहरुलाई भिडियो सन्देश पठाएर १२ औँ तलाबाट हामफालेका थिए । हलिे थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत पाण्डेको शव ल्याउनने प्रक्रिया थालिएको छ । 

आगलागीमा परेर अरु केही घाइते भएको यहाँका सुरक्षा अधिकारीले  जानकारी दिएका हुन् ।प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् ।

होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ ।

सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै