काठमाडौंः गायक नवीन कार्की र गायिका मिलन नेवारको स्वरमा रहेको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार अनामनगरस्थित सिलौटो क्याफेमा एकसमारोह बीच उक्त गीतको भिडियो वोएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय गरेका छन् ।
गीतकार भोला पौडेलको एरेन्ज र मिक्सिंगमा तयार भएको भिडियोको डाइरेक्टमा सन्तोष राजवाहक छन् । रिमेश कुमार थापाको सङ्गीत रहेको गीतको छायाकार उत्सव दाहाल हुन् ।
गायक कार्कीको ‘सागरले मोति पायो,बत्तीले ज्योति पायो लगायत गीत चर्चित छन् । उनले २०५२ सालदेखि स्टेज प्रोग्रामबाट सङ्गीतको यात्रा आरम्भ गरेका थिए ।
२०५४ मा लोक गीत ‘लाउ माया चुनेर’ रेकर्ड गर्दै २०५६ मा आधुनिक गीत गाएर हालसम्म दुई दर्जन गीतहरू ‘कुवाको पानी उघाई खाएँ’, ‘जलुकी पातैमा’, ‘महलमा राज होला तिम्रो’, ‘मान्छे होस् इमान्दार लगायत गीतले लोकप्रियता हाँसिल गरेर म्युजिक अवार्डले समेत सम्मानित भइसकेका छन्
गायक कार्कीले आफ्ना गीत र साधनालाई दर्शक स्रोताले रूचाएको कारण नै निरन्तर गीत संगीतमा साधनारत रहेको बताए । उनले अब छिट्टै एल्बम नवीन–२ निकाल्न लागेको जानकारी दिंदै सङ्गीत क्षेत्र जीवन पर्यन्त नछोड्ने बताए ।
प्रतिक्रिया थप्नुहोस्