दुर्घटनाग्रस्त क्षेत्रको अवस्था भयावह छ,जीवित उद्धार गर्ने सम्भावना देखिदैन  : टेकबहादुर केसी, प्रजिअ कास्की

यति एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलको अवस्था बारेमा केही भन्न  सकिन्छ ?

दुर्घटनाग्रस्त स्थाल भयावह छ । यसका बारेमा धेरै भन्न सकिदैन । 

 

विमानमा सवार यात्रुलाई  जीवित  उद्धार गर्न सकिने अवस्था कस्तो छ ? 

 

अहिलेको अवस्था हेर्दा कसैलाई पनि जीवित उद्धार गर्ने सम्भावना देखिदैन ।

 

 उद्धारकार्य कसरी भइरहेको छ ?
 

उद्धार कार्य जारी रहेको छ । सुरक्षाका सबै निकाय र सबै शक्ति प्रयोग भएको छ । तर कसैलाई पनि जीवित भेट्न नसकिएको अवस्था देखिदै छ । । 


विमानको आगो नियन्त्रणमा आउन कति समय लाग्ला ? 

आगो त नियन्त्रणमा आएको छ । तर विमान नदीको खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भएको छ ।  


दुर्घटना स्थल कस्तो  छ ?  
 सेती नदीको  खोँचमा विमान खसेको छ । यो खोँच अति अफ्ठ्यारोमा छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै